INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले खडग नपा–७ कल्याणपुरका २५ वर्षीय मो. समरुद्दिन मियाँविरुद्ध माघ ९ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७६ फागुन १० गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ०७७ माघ ९ गते भयो ।

घटनाको अनुसन्धान थालेको बताउँदै जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वरप्रसाद साहले आरोपितलाई  गिरफ्तार नभएको बताउनु भयो ।

अन्य

भिडियो