INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–४ स्थित किराँत चोकमा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।

केही युवाहरूले गुडीरहेको बा ४ ख ८८९७ नम्बरको बस रोकेर माघ १० गते तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

तोडफोडमा संलग्नहरूको पहिचान हुन नसकेको डिएसपी थापाले बताउनु भयो ।

माघ १० गते नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको र बन्दको अवज्ञा गरेको भन्दै सो पार्टीका कार्यकर्ताले बस तोडफोड गरेको हुन सक्ने डिएसपी थापाले बताउनु भयो ।

तोडफोडबाट बसको अगाडिको भागमा क्षति पुगेको छ ।

घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो