INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, तुलसीपुरले बबई गाउँपालिका–५ का २८ वर्षीय सुनिल कुमाललाई पुस ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ९ गते घरमा सुतिरहको अवस्थामा बलात्कार गरेको भन्दै पीडितपक्षले पुस १० गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो । उजुरीका आधारमा आरोपितलाई गाउँबाट गिरफ्तार गरिएको डिएसपी सिंहले बताउनु भयो ।

बलात्कारका कारण रक्तश्राव भएपछि पुस १० र ११ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार र स्वास्थ्य परीक्षण गरियो ।

अन्य

भिडियो