अपाङ्गता भएकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बकैया गाउँपालिका–१ का ६२ वर्षीय आइतेसिं वाईबालाई पुस १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई पुस ३ गते बलात्कार गरेको भनी पीडित पक्षले पुस ९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।
पीडितलाई घरमा कोही नभएको समयमा आरोपित वाईबाले बलात्कार गरेको र अरुलाई भने मारिदिने धम्की समेत दिएको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ९ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।