नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकर्ता भएको आरोपमा प्रहरीले दैलेख जिल्ला आठबीस नगरपालिका–१ घर भई हाल भक्तपुर जिल्ला च्यामासिंह बस्दै आएका २८ वर्षीय उषा किरण आजाद भनिने हर्कबहादुर विकलाई पुस ६ गते गिरफ्तार गरेको छ ।
माइतीघरमा रहेको एक होटलमा खाजा खाइरहेको अवस्थामा विकलाई गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताउनु भयो ।
सिंहका अनुसार प्रतिबन्धित नेकपाको विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य रहेको सूचनाका आधारमा उनलाई गिरफ्तार गरिएको हो ।
विकको स्वास्थ्य परीक्षण पुस ६ गते वीर अस्पतालमा गरिएको छ ।