INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कारको मुद्दा मुल्तबीमा राख्ने फैसला

१८ वर्षीया युवतीलाई शम्भुनाथ नपा–९ बज्रहटका २६ वर्षीय श्रीदेव मुखिया र सोही ठाउँका २४ वर्षीय गुरुदेव मुखियाले बलात्कार गरेको भनिएको मुद्दा मुल्तबिमा राख्ने अदालतले मङ्सिर २८ गते फैसला गरेको छ ।

न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले शम्भुनाथ नपा–६ स्थित भवरा बारह विगहा चौरीमा ०७२ माघ १६ गते राति भएको सामूहिक बलात्कारको मुद्दा मुल्तबीमा राख्ने निर्णय गरेको हो ।

आरोपितहरू गिरफ्तार नपरेका कारण मुद्दा मुल्तबीमा राखिएको जनाएको छ । ट्युववेल बनाउन आएका मिस्त्री आरोपितहरूले घर नजिकैबाट नियन्त्रणमा लिई एकान्तमा लगेर बलात्कार गरेको आरोप लगाउँदै पीडितले ०७२ माघ १७ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएको थियो ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले कारवाही प्रकृया अगाडि नबढाएपछि पीडित परिवारका सदस्यहरू ०७२ माघ १८ गते राजविराजस्थित जिल्ला प्रहरी कार्यालय आएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७२ माघ १८ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले आरोपितहरूविरुद्ध ०७२ माघ १९ गते बलात्कारको उजुरी दर्ता गरी अदालतमा ०७२ फागुन १९ गते उजुरी दायर गरेको थियो । आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो