नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको कार्यन्वयनका बारेमा नेपाली नागरिक संस्थाको तर्फबाट तयार पारिएको छायाँ प्रतिवेदनमाथि छलफलका लागि काठमाडौँमा मङ्सिर २८ गते आयोजित राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।

अन्य सङ्घसंस्थासँगको समन्वयमा मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सचिवालय इन्सेकले आयोजना गरेको कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नागरिक तथा राजनितक अधिकारको रक्षाका लागि सरकारलाई जिम्मेवार बनाउन नागरिक संस्था लागि पर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा इन्हुरेड इन्टरनेशलकी सृजना पोखरेलले कानुनी अधिकारक रक्षा गर्दै सरकारी अधिकारीले मानव अधिकारमैत्री व्यवहार गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सचिवालय इन्सेकमा कार्यरत सम्झा श्रेष्ठले उहाँले तयार पारिएको छायाँ प्रतिवेदनलाई थप परिष्कृत बनाउनका लागि परामर्श कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
