INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी छायाँ प्रतिवेदनमाथि छलफल

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको कार्यन्वयनका बारेमा नेपाली नागरिक संस्थाको तर्फबाट तयार पारिएको छायाँ प्रतिवेदनमाथि छलफलका लागि काठमाडौँमा मङ्सिर २७ गते आयोजित राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।

photo20201212kathmandu1

अन्य सङ्घसंस्थासँगको समन्वयमा मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सचिवालय इन्सेकले आयोजना गरेको कार्यक्रममा इन्सेककी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले आम नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको विषयमा संविधानमा भएका व्यवस्थालाई अक्षरस पालना गर्नु पर्ने बताउनु भयो ।
photo20201212kathmandu
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सन् २००५ बाट विभिन्न सङ्घसंस्थाको समन्वयमा ठूला ६ महासन्धिजनित छायाँ प्रतिवेदन तयार गर्दै आएको बताउनु भयो ।

photo20201212kathmandu (4)
उहाँले ३० ओटा संस्थाबाट सुरु भएको यो काममा अहिले ७८ ओटा संस्था सहभागी रहेकोसमेत जानकारी दिनु भयो ।

अधिवक्ता गोविन्द शर्मा बन्दीले कानुनमा देखिएका विभेदको अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिनु भयो ।

व्यवहारिक समस्यालाई हटाउनका लागि जिम्मेवार व्यक्तिलाई जबाफदेही बनाउनु पर्ने उल्लेख गर्दै उहाँले कानुनी सुधारका लागि नागरिक समाजले सरकारलाई निरन्तर सुझाव दिनु पर्ने बताउनु भयो ।

photo20201212kathmandu (3)

photo20201212kathmandu (2)

photo20201212kathmandu (1)

अन्य

भिडियो