हिंसा पीडित महिलालाई संरक्षण गर्न ल्याइएको संरक्षण गृहलाई ७ सय ५३ ओटै स्थानीय सरकारमा व्यवस्थित गर्नुपर्ने कुरामा इन्सेकले सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म इन्सेक अनलाइनमा प्रकाशित महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूका आधारमा तयार पारिएको प्रतिवेदनमार्फत यस्तो ध्यानाकर्षण गराइएको हो ।
प्रतिवेदनमा यस्ता पीडित महिलालाई स्वआर्जन, आयआर्जन तथा रोजगारका लागि राज्यले नीति निर्माण गर्नु पर्ने उल्लेख गरिएको छ ।

इन्सेक अनलाइनमा प्रकाशित समाचार अनुसार दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनादेखि ७१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनासम्म रहेका छन् ।
पीडितहरूमध्ये १० वर्ष मुनीका १२ जना, ११ वर्षदेखि २० वर्ष उमेर समूहका १४ जना, २१ वर्षदेखि ३० वर्षसम्म आठ जना, ३१ वर्षमाथिका पाँच जना गरी ३९ जना रहेका छन् ।
१६ दिनको अवधिमा २५ जना बालिका र १४ जना महिला पीडित भएका समाचार प्रकमाशन गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मङ्सिर २५ गते समापन गरिएको छ ।