१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा डाक्नेश्वरी नपा–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई मङ्सिर १७ गते जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले यादवलाई १० वर्ष कैद सजायको साथै ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।
पीडित बालिकालाई यादवले ०७६ जेठ १ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७६ जेठ ३ गते उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले यादवलाई जेठ ४ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ जेठ ५ गते गरिएको थियो ।
जिल्ला अदालतको आदेशमा यादव ०७६ जेठ २६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ ।