INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा–३ का ६० वर्षीय रामनरायण कामतविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा मङ्सिर १६ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार आरोपितले मङ्सिर १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा कारवाहीको लागि उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

आरोपित ‘फरार’ रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मङ्सिर १६ गते भएको डिएसपी थापाले बताउनु भयो ।

अन्य

भिडियो