INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाइ मङ्सिर ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाइ ०७७ मंसिर १५ गते गिरफ्तार गरेको छ ।

आफू मजदुरी गरेर गुजारा गर्दै आएको बताउँदै पीडितका बुवाले आर्थिक अवस्था कमजोर रहेका कारण घटनाको उजुरी दिन समेत समस्या भएको इन्सेक प्रतिनिधिलाई बताउनुभयो । घटनाबारे जाहेरी नदिन भन्दै पीडित पक्षले धम्की र दबाव दिइरहेको पनि उहाँको भनाई छ ।

इन्सेक लगायत जिल्लामा सुरक्षित आवास गृह संचालन गरेको रेस नेपालले पीडितलाइ निशुल्क रुपमा जाहेरी लेख्ने व्यवस्था गरेपछि मंसिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा मंसिर १५ गते गरिएको स्वास्थ्य सेवा कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य

भिडियो