साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मङ्सिर ११ गते १४ वर्षीय बालकलाई ६ महिना कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले ०७७ कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकोमा मङ्सिर ११ गते कैद सजाय तोकिएको अदालतले जनाएको छ ।
पीडित बालिकालाई आरोपितले ०७६ भदौ ६ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले भदौ ७ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ भदौ ७ गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनाले ०७६ भदौ ७ गते आरोपितलाई गिरफ्तार गरी ०७६ भदौ ८ गते बलात्कारको उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको इजलासले ०७६ भदौ १९ गते आरोपितलाई बालसुधार गृह बीरगंज पठाउने आदेश गरेको थियो ।