INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–१९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

घरमा एक्लै बस्दै आएकी पीडितलाई आरोपितले मङ्सिर ९ गते राति बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मङ्सिर १० गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले आरोपितविरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १० गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो