INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नवदुर्गा गाउँपालिका–१ खैरोडाका ३० वर्षीय टेकबहादुर दमाईलाई मङ्सिर ११ गते प्रहरीले गिरफ्तार गरेको छ भने अर्का आरोपित फरार रहेका छन् ।

पीडित महिलालाई आरोपितद्वयले मङ्सिर १० गते राति गोठमा काम गरिरहेकी महिलामाथि सामूहिक बलात्कार गरेको भन्ने उजुरीका आधारमा आरोपतिलाई गरिफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी महेन्द्र नेपालले जानकारी दिनुभयो ।

पीडितले मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन डडेल्धुरा अस्पतालमा गरिएको थियो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको र फरार आरोपितको खोजी कार्य भइरहेको डिएसपी नेपालले जानकारी दिनुभयो ।

अन्य

भिडियो