INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मङ्सिर ९ गते पीडितका ३९ वर्षीय बाबुलाई पोखराबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विगत केही वर्ष अगाडिदेखी अनेकौ बहाना बनाइ बलात्कार गर्दै आएको र मङ्सिर ६ गते पोखराको एक होटलमा लागि बलात्कार गरेको आरोपमा पीडितले आरोपितविरुद्ध मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले आरोपितविरुद्ध हाडँनाता करणी कसुर अन्तरगत कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो