INSEC Online

📅 २०८३ जेष्ठ २१

हाम्रो बारे

नेपालको मानव अधिकार अवस्था दैनिक अद्यावधिक गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृति दिवसको अवसर पारेर २०६१ साउन १६ गतेदेखि इन्सेकअनलाइनको शुरुआत गरेको हो । नेपालमा हरेक दिन हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको जानकारी र मानव अधिकारसम्बन्धी समाचारहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकारप्रति रूची भएका मानिसका माझ पुर्‍याउने यस अनलाइनको उद्देश्य छ । देशका ७७ जिल्लामा रहेका इन्सेक प्रतिनिधिले आफ्नो जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका जानकारी एवम् मानव अधिकारका विविध विषयका समाचारको तथ्य पुष्टि/पुनःपुष्टि गरी प्रदेश कार्यालयमा पठाउँछन् भने हाम्रा सातै प्रदेशमा रहेका प्रदेश कार्यालयहरूले आवश्यक सम्पादनसहित त्यस्ता समाचारहरू प्रकाशन गर्छन् ।

मानव अधिकारका विविध विषयका समाचार, लेख रचना, समसामयिक विषयमा विभिन्न विधाका विज्ञसँग लिइएको अन्तरवार्ताहरू, फिचर तथा फोटो फिचर, विज्ञप्ति, तथ्य सङ्कलन प्रतिवेदनहरू तथा इन्सेकको नियमित प्रकाशन नेपाल मानव अधिकार वर्ष पुस्तक लगायतका सामग्री इन्सेकअनलाइनमा उपलब्ध छन् । मानव अधिकार अवस्थाको चित्रण गरिने यस अनलाइनमा प्रकाशन गरिने र गरिएका विषय आधिकारिक तथा तथ्यमा आधारित होउन् भन्ने कुरालाई ध्यान दिइन्छ । त्यसैले इन्सेकअनलाइनमा समाचारलाई ब्रेक गर्ने भन्दा अनुगमन तथा तथ्यको विस्तृत विवरणलाई प्राथमिकतामा राखिन्छ । हामीले प्रकाशन गरेका सामग्रीहरूका बारेमा प्रबुद्ध पाठक वर्गबाट रचनात्मक सुझाव तथा सल्लाहको अपेक्षा गर्दछौँ । यहाँहरुबाट प्राप्त हुने सुझाव तथा सल्लाहले हामीलाई परिस्कृत हुन मद्दत पुग्नेछ ।

सम्पर्क

कर्णाली प्रदेश कार्यालय, सुर्खेत

मधेश प्रदेश कार्यालय, जनकपुरधाम

  • जनकपुरधाम उपमहानगरपालिका-८, पिडारीचोक, धनुषा
  • #
  • #
  • [email protected]

सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी

लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज

गण्डकी प्रदेश कार्यालय, पोखरा

बागमती प्रदेश कार्यालय

काेशी प्रदेश कार्यालय, विराटनगर

केन्द्रीय कार्यालय

हामीलाई सन्देश पठाउनुहोस्