INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ता रत्ननगर नगरपलिका–११ निवासी प्रकाशचन्द्र ढकाललाई प्रहरीले मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।

ढकाललाई भरतपुर महानगरपालिका–६ बुद्धचोकबाट शङ्कास्पद अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

ढकालको साथबाट हंसिया हथौडा अङ्कित झण्डा तीन थान, ‘सातौँ पार्टी पूनर्गठन दिवश भव्य रूपमा सफल मनाऔं’ लेखिएको ब्यानर, चन्दा रसिद, पम्पलेट, केही किताब तथा दस्ताबेजसमेत बरामद गरेको डिएसपी थापाले बताउनुभयो ।

प्रहरीले ढकालमाथि राज्य विरुद्धको अपराधमा जिल्ला अदालतमा मङ्सिर ९ गते मुद्दा दर्ता गरेको छ ।

अन्य

भिडियो