२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बलेफी गाउपालिका–३ धुस्कोटका २७ वर्षीय जयराम तामाङलाई मङ्सिर ८ गते भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–७ स्थित एक घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।
डिएसपी सापकोटाका अनुसार घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले खोजतलास गर्ने क्रममा भक्तपुरबाट गिरफ्तार गरेको थियो ।
आरोपितले ०७६ जेठ १९ गते पीडितलाई घर नजिक जङ्गलमा लगि बलात्कार गरेको पीडितपक्षको आरोप छ । पीडितले ०७६ जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण सोही दिन चौतरा अस्पतालमा गरिएको थियो ।
प्रहरीले गिरफ्तार गरिएका आरोपितलाई मङ्सिर ९ गते जिल्ला अदालत पेश गरेको डिएसपी सापकोटाले बताउनु भयो ।