INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कमल गाँउपालिका–१ की ३९ वर्षीया टीकादेवी पौडेलको हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय पति चुडामणि भण्डारीलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले खेतमा काम गरी रहेको अवस्थामा मङ्सिर ७ गते साँझ खुकुरी प्रहार गर्दा पीडितको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो

आरोपितले खेतमा काम गरी रहेका कमल गाँउपालिका–१ का ३५ वर्षीय प्रकाशचन्द्र दहाललाई समेत खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको डिएसपी थापाले बताउनु भयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा पत्नी र प्रकाशचन्द्रबीचको सम्बन्धलाई लिएर आरोपितले आक्रमण गरेको बयानका क्रममा बताएको डिएसपी थापाले बताउनु भयो । ।

घाइते प्रकाशचन्द्रको दमकस्थित एड्भान्स अस्पतालमा उपचार भइरहेको छ ।

शवको पोष्टमार्टम मङ्सिर ८ गते मेची अस्पतालमा गरी शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो