२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले घोराही उमनपा–८ का ३४ वर्षीय बलिराम चौधरीलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरी कात्तिक २२ गते पीडित महिला सुत्ने कोठामा पसेर बलात्कार प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा पीडितले कात्तिक २३ गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।