१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका–६ का २० वर्षीय सलमान भनिने नैमुद्धिन देवानलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको र घटनाका बारेमा कसैलाई भने मार्ने धम्की दिएको भन्दै पीडितकी आमाले कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।पीडितले घटनाका बारेमा कात्तिक २१ गते आमालाई बताएपछि घटना बाहिर आएको हो ।
उजुरीका आधारमा गिरफ्तार गरी बलात्कार मुद्दामा कारवाही अगाडि बढाएकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २१ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी