१४ वर्षीया बालिका बलात्कार घटनाका आरोपित गोरखा नगरपालिका–८ का ६० वर्षीय तुल बहादुर थापाविरुद्व पीडित पक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले ०७७ बैशाख ११ गते ललाई फलाई बलात्कार गरेको र पीडित गर्भवति भएसँगै घटना बहिर आएको पीडित पक्षको आफन्तले दिएको उजुरीमा उल्लेख रहेको छ ।
घटना बाहिर आएसँगै फरार रहेका आरोपितको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर धर्म अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २४ गते गोरखा अस्पतालमा गरिएको छ ।