४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका– ३ का २२ वर्षीय सुशिल सार्कीलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपेश खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १९ गते गरिएको छ ।