१८ वर्षीया बौद्धिक अपाङ्गता भएकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ का ३२ वर्षीइ मो.अल्ला उदिन र वडा–१२ का २५ वर्षीय मो.मोदेबुललाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितद्वयले स १ ह १५७६ नम्बरको अटोमा सवार रहेको अवस्थामा कात्तिक १२ गते राति साढे नौ बजे त्रियुगा नगरपालिका–२ मोतियाहीमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वयलाई अनुुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादर दहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १३ गते गरिएको छ ।