कात्तिक १० गते १ हजार ७ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ५ हजार ६ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार कात्तिक १० गतेसम्म ८ सय ६२ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । कात्तिक १० गते थप १५ जना सङ्क्रमितको मृत्यु भएको हो । सङ्क्रमितमध्ये १ लाख १५ हजार ६ सय ७५ जना निको भएका छन् । कात्तिक १० गते ४ हजार ५ जना निको भएका छन् भने निको हुनेको दर ७२.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ४३ हजार २ सय ९३ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ३२ हजार ६ सय ७ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ८५ जनाको उपचार आइसीयूमा र ६४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी