पाँच वर्षीया बालिकालाई यौन दुर्र्यवहार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका – ३ का १३ वर्षीय बालकलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन दुर्र्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ५ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ५ गते गरिएको छ ।