INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार, घटनाका आरोपित गिरफ्तार

नवराजपुर गाउँपालिका–५ की ४१ वर्षीया मुर्तिदेवी यादवलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गर्दै अभक्ष कोच्याएको आरोपमा सोही ठाउँका २० वर्षीय सन्तोष यादवलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले असोज २२ गते गिरफ्तार गरेको छ ।

आरोपित यादवलगायत सोही ठाउँका २५ वर्षीय कृष्णदेव यादव, २० वर्षीय ब्रहमदेव यादव, ५५ वर्षीय बैजनाथ यादव, ४५ वर्षीय देवनाथ यादव, ४९ वर्षीय धर्मनाथ यादव, २० वर्षीय महेश यादव र २१ वर्षीय पशुपती यादवले भदौ २७ गते धर्मनाथ यादवको छोरीलाई ‘बोक्सी लगाइ बिरामी बनाएको’ भन्दै कुटपिट गरी अभक्ष कोच्याएको आरोपमा पीडितको परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा असोज ४ गते उजुरी दिएको थियो ।

कुटपिटबाट चिउँडोमा चोट लागी घाइते भएकी पीडितको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।

आरोपित लुकिछिपी बसेको अवस्थामा गिरफ्तार गरी जिल्ला अदालतबाट असोज २२ गते १५ दिनको म्याद थप गराएको र अन्य आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शालिकराम शर्मा पैडेलले बताउनु भयो ।

अन्य

भिडियो