१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१७ का २१ वर्षीय विक्रम विकलाई असोज ७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज २ गते विवाहको प्रलोभनमा जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडितले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खडकाले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।