इन्सेक कर्णाली प्रदेश कार्यालयले भदौ २२ गते प्रशारण बजार गरेको मानव अधिकार रेडियो शिक्षा कार्यक्रममा बजार अनुगमन नहुँदा भएको समस्याका विषयलाई जनआवाज मार्फत प्रशारण गरेपछि बजार अनुगमन सुरू भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्णु साहनीको भनाई समेत समेटिएको उक्त कार्यक्रमबाट ध्यानाकर्षण भइ प्रशासन, भेरी नपा, उद्योग वाणिज्य संघ र उपभोक्ता सहितको टोलिले सदरमुकाम रहेको खलंगा बजार अनुगमन गरेको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

व्यवसायीहरूले उपभोक्ताबाट चर्काे मुल्य असुलेको गुनासो सञ्चार माध्यमहरूबाट आएपछि भदौ २३ गते शान्ती चौतारा, गैरी खाली र २४ गते ठाँटी बजारमा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो
अनुगमनका क्रममा दर्ता नभएका तथा नविकरण नगरिएका पसलहरु पनि सञ्चालन भएको पाइएको र पसलबाट म्याद सकिएका चाउचाउ, चिउरा, विस्कुट, दालमोट नष्ट समेत गरिएको प्रजिअ बरालले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानबाट व्यापारीहरुले ठगी गरेको, सामान छैन भन्दै ग्राहकलाई समान नदिने, बार्गेनिङ गरेको उपभोक्ताको गुनासो आएकोले जिल्ला भरी नै बजार अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
रेडियो कार्यक्रम सुन्नका लागि यहाँ क्लिक गर्नुहोस्