१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१८ का १९ वर्षीय रमेश विकलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ १९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सुमित खड्काले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । उहाँले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरियो ।