१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित खार्पुनाथ गाउँपालिका–४ माझा गाउँका २७ वर्षीय गोविन्द सुनारलाई प्रहरीले ०७७ साउन ९ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०७७ साउन ३१ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी गरेको थियो ।
उजुरी पहिले आएपनि आरोपित जुम्लास्थित नेपाली सेनामा कार्यरत भएका कारण गिरफ्तार गर्न ढिला भएको र साउन ९ गते जुम्लाबाटै नियन्त्रणमा लिएर सुर्खेत हुँदै हवाई जहाजद्वारा हुम्ला पु¥याएको डिएसपी सुर्यप्रकास सुवेदीले बताउनुभयो ।
आरोपितलाई ७ दिनको म्याद थप गरि प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी सुवेदीको भनाई छ ।
पीडित बालिकाको स्वास्थ परीक्षण वैशाख २५ गते जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा गरिएको डाक्टर अमित विष्टले बताउनुभयो ।