INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्धेश्यले सञ्चालित परियोजनाको परिचय कार्यक्रमका अवसरमा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ ।

उक्त कार्यक्रममा इन्सेक केन्द्रीय कार्यलयका वरिष्ठ अधिकृत सुशील चौधरीले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका बारेमा र इन्सेकका सुदूरपश्चिम क्षेत्रीय कार्यालयका संयोजक खड्काराज जोशीले परियोजनाको परिचय दिएका थिए ।

उक्त कार्यक्रमका अवसरमा राधिका बोहराको संयोजकत्वमा ११ सदस्यि जिल्लास्तरिय मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । समूहको सदस्यहरूमा क्रमशः झलक पाली, गीता नेपाली, नवराज जोशी, कर्ण चन्द, दीपा श्रेष्ठ, कल्पना ओझा, मीना आउजी, जमुना बोहरा, नरेन्द्र रोकाया र भिष्मबहादुर वलायर चयन भएका छन् ।

त्यसैगरी वसन्त विकको संयोजकत्वमा ११ सदस्यि किशोर किशोरी युवा समूहको गठन गरिएको छ । जस अन्तर्गत वासुदेवी, रानागाउँ, दुर्गामाण्डौ र तिखातर गाविसका कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरू मध्येबाट झिमेमालिका उमावी दुर्गामाण्डौमा किशोर किशोरी युवा समूह गठन गरिएको परियोजनाका जिल्ला सहजकर्ता वासुदेव जोशीले वताए ।

समूहको उपसंयोजकमा युवराज भट्ट, सचिवमा हेमराज भट्ट, सहसचिव भोजराज पनेरु, कोषाध्यक्ष निमा जोशी, सदस्यहरू जयराज ओझा, उर्मिला पुनमगर, दिपेन्द्र ऐर, रमेश भट्ट र शङ्कर कार्की चयन भएका छन् । किशोर किशोरी युवा समूहले जिम्मेवार निकायलाई जबाफदेही बनाउन स्थानीयस्तरमा मतदाता शिक्षा, किशोर किशोरीहरूलाई प्रजनन शिक्षालगायतका सवालहरूमा क्रियाकलापहरू सञ्चालन गर्ने जिल्ला सहजकर्ता जोशीले बताए ।

अन्य

भिडियो