सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैंडाकोट नपा– १० का २८ वर्षीय इन्द्र पन्तलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २८ गते साँझ बलात्कार गरेको भन्दै स्थानीयले पन्तलाई नियन्त्रणमा लिई प्रहरी चौकी बेल्हियामा बुझाएका थिए ।
पीडित पक्षले जेठ २९ गते आरोपितविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएको र आरोपितलाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर चन्द्रबहादुर थापाले बताउनुभयो ।
पीडितको स्वास्थ परीक्षण जेठ २९ गते भरतपुर जिल्ला अस्पताल, चितवनमा भएको छ ।