नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल सदस्य भोजपुर जिल्ला षडानन्द गाउँपालिका–१ बस्ने ३५ वर्षीय तिर्थबहादुर राईलाई प्रहरीले वैशाख २२ गते गिरफ्तार गरेको छ ।
प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा राईलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको र मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सव इन्स्पेक्टर टिकाराम पोखरेलले बताउनुभयो ।
यसअघि धादिङ प्रहरीको हिरासतमा रहेका उनलाई त्यहीँबाट जिल्लामा ल्याइएको हो ।