INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित समुदायका क्रियापुत्रीलाई जातिय विभेद गर्ने विरुद्ध उजुरी

पोखरा मनपा–१६ बाटुलेचौरमा रहेको क्रियापुत्री घरमा दलित समुदायलाई रोक लगाइएको भन्दै पीडित मोहन सुनारले वैशाख १९ गते प्रहरीमा उजुरी दिएका छन् ।

पीडितले आरोपितहरु देव बहादुर थापा, जनक थापा, भरत बहादुर थापा, राम विसी विरुद्ध वैशाख १८ गते जिल्ला प्रहरी कार्यलय कास्कीमा जातिय भेदभाव तथा छुवाछूत कसुर सजाय (ऐन २०६८ ) अन्तरगत जाहेरी दिएका थिए ।

अरोपितले दलित समुदायलाई काजकिरिया बस्न दिन मिल्दैन भनी ४९ वर्षीय दाजु सम्मर बहादुर सुनारको काजक्रिया गरिरहेका पीडित मोहन सुनारलाई घरमै पुगेर छुवाछूत जन्य जातिय अपमान, गाली र धाकाधम्की दिदै सामुदायिक क्रियापुत्री घरमा निषेध गरेको पीडितले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख २३ गते सम्म कसैलाई पनि गिरफ्तार गरेको छैन ।  घटनाको अनुसन्धानमा ढिलाइ भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा वैशाख २३ गते धर्ना दिन पुगेका थिए ।

जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी दान बहादुर कार्कीका अनुसार घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

 

अन्य

भिडियो