प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला अध्यक्ष हेटौडा उमनपा–१६ निवासी ४० वर्षीय इन्द्रबहादुर नकडोली परियारलाई जिल्ला अदालतले वैशाख ८ गते ६० हजार धरौटिमा साधारण तारेकमा छाडेपछि ३५ वर्षीया पत्नी लक्ष्मी श्रेष्ठ सँग दिउँसो ४ः०० बजे घरजान लाग्दा जिल्ला अदालत परिसरबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा लगेको श्रेष्ठले बताउनु भएको छ ।
लक्ष्मी श्रेष्ठले उहाँका पतीलाई ०७६ फागुन २५ गते दिउँसो ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीको कमाण्डमा रहेको प्रहरी टोलीले जितपुरसिमरा उमनपा–७ जितपुर बजारमा बा २७ प १९९१ नम्बरको पल्सर बाइकबाट गिरफ्तार गरेको बताउनु भएको छ ।
अदालतले घरजान दिएपनी जिल्ला प्रहरी कार्यालयमा लगेर एक घण्टा राखी कलैया अस्पतालमा लगि स्वास्थ्य परिक्षण गराई जिल्ला प्रहरीको हिरासतमा राखेकाले भोलि आउनु भनि डिएसपी गौतम मिश्रले आफुलाई प्रहरी कार्यालयबाट घर पठाएको श्रेष्ठले बताउनु भयो ।
वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा भेट गर्न जाँदा पतीलाई ईलाका प्रहरी कार्यालय चपुरमा गएर भेट्नु भनी डिएसपी मिश्राले जानकारी दिएको बताउनु हुँदै पीडितले अदालतको आदेशले पतिलाई नछाडी हिरासतमा राखेकाले पहल गरिदिन इन्सेक बारालाई आग्रह गर्नु भएको छ ।