मेन्छ्यायेम गाउँपालिका– ६ मोराहाङका ६२ वर्षीय वृद्ध डम्वरबहादुर लिम्वुलाई गलत औषधि चलाएर हत्या गरेको आरोपमा प्रहरीले क्लिनिक सञ्चालक पुष्पराज ढुङ्गानालाई वैशाख ५ गते गिरफ्तार गरेको छ ।
सामान्य बिरामी हुनु भएको बुबा क्लिनिकमा इजेक्सन लगाएको पन्ध्र मिनेट भित्रैमा बित्नु भयो,क्लिनिक सञ्चालकले लगत औषधि चलाएर बुबाको मृत्यु भएको छोरा दिनेश लिम्बूले बताउनुभयो ।
आरोपित विरूद्व पीडित पक्षले वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा वैशाख ६ गते गरिएको छ ।