अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा बेनिघाट रोराङ गाउँपालिका–६ का असङ्गठित क्षेत्रका मजदुर र अति विपन्न परिवारका ज्याला मजदुरी गर्ने ८० जना समेत गरी २ सय २० जनालाई ०७६ चैत २९ र ३० गते रहत वितरण गरिएको छ ।
छुट्टा छुट्टै मानिसलाई दिनुपर्ने र भीडभाड गर्न नपाइने भएकोले राहत वितरण कार्य दुइ दिन लगाएर गरिएको हो । कोरोना भाइरसको महामारी रोक्न सरकारले लकडाउन गरेपछि ज्याला गरिएको स्थानका मजदुरहरू भोकै परेका कारण उनीहरूलाई खाद्यान्न सहयोग गरिएको वडा अध्यक्ष देबकृष्ण आलेले बताउनु भयो ।
अधिकांश चेपाङ समूदायको बसोबास क्षेत्र रहेकोले यो क्षेत्रमा बसोबास गर्ने मध्ये खानै नपुग्ने परिवारलाई सो सामग्री वितरण गरिएको छ ।
इन्सेक अनलाइनमा चैत २४ गते मागेर छाक टार्दै चेपाङ परिवार शिर्षकमा समाचार प्रकाशन भएपछि वडा कार्यालय र मानवि क्रेटिभ एसोसिएसनको सहयोगमा राहत सामग्री वितरण गरिएको हो ।
मानवी क्रिएटिभ एसोसिएसनले गाउँपालिका अध्यक्ष डल्लाकोटी मार्फत खाद्यान्न अभाव भएका चेपाङ परिवारलाई वितरण गर्नका २५ हजार रुपैयाँ नगद उपलब्ध गराउनु भएको थियो ।