INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा खाद्य सामग्री वितरण

लकडाउनले समस्यामा परेका बिष्णुपुर गाउँपालिका–६, राजविराज नपा–५ र ६ का १० जना श्रमिक, गरिब विपन्नको घर–घरमा चैत २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको पहलमा खाद्यान्न वितरण गरिएको छ ।

लकडाउनले समस्यामा परेका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब, विपन्न र अलपत्र परेकाहरूको घरमै पुगेर इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेलले चामल, दाल, खानेतेल, आलु, नुन र साबुन वितरण गर्नु भएको हो । ज्याला मजदुरी गर्न नपाएर भौकै परेका केही श्रमिक र विपन्नहरूले भने इन्सेक सप्तरीको कार्यालयमा आएर खाद्य सामाग्री लिएर गएका छन् ।

भोर नामक संस्थाका संस्थापक एवम् सामाजिक अभियानकर्मी राजकुमार महतोले इन्सेक सप्तरी प्रतिनिधिलाई चैत २६ गते उपलब्ध गराउनु भएको खाद्यान्न तत्कालै वितरण गरिएको हो । प्रति परिवारलाई १० किलो चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर खाने तेल, दुई किलो आलु तथा दुई ओटा साबुन लगायतको समान वितरण गर्न इन्सेक सप्तरी प्रतिनिधिलाई उपलब्ध गराएको महतोले जानकारी दिनु भयो ।

कोरोना भाइरस र लकडाउनले प्रभावित श्रमिक, गरिब किसान, विपन्नको तथ्याङ्क सङ्कलन नसकिएकाले स्थानीय तहहरूले राहत बितरण गर्न नसेकेका बेलामा चैत २५ गते इन्सेक सप्तरीको पहलमा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले उहाँको घर नजिकैका दुई विपन्न र एकल महिलालाई लकडाउन अवधिभरीका लागि खाद्यान्नको व्यवस्था गर्ने इन्सेक प्रतिनिधिसमक्ष चैत २६ गते प्रतिवद्धता जनाउनु भएको छ ।

 

अन्य

भिडियो