५५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–१० का ३५ वर्षीय बबलेश यादवविरुद्ध चैत ११ गते उजुरी दर्ता गरेको छ ।
आगो तापेर घरमा बसिरहेका बेला फागुन ५ गते राति गाँजा–भाङ्ग सेवन गरी आएका आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले ईलाका प्रहरी कार्यालय कडरबोनामा फागुन २० गते उजुरी दिनु भएको थियो ।
यसअघि पनि आरोपितले यौन दुर्व्यवहार गरेकोमा गाउँमा पञ्चायति बसेर आरोपितलाई जोगाएको पीडितले बताउनु भयो ।
ईलाका प्रहरी कार्यालय कडरबोनाले चैत ११ गते उजुरी दर्ता गरको छ भने आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।
पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फागुन २० गते स्वास्थ्य परिक्षण भएको थियो ।