७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा २८ वर्षीय बाबुलाई जिल्ला प्रहरी कार्यालय चितवनले चैत ३ गते कालिका नगरपालिका–२ बाट गिरफ्तार गरेको छ ।
आरोपितले ०७६ फागुन २५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले चैत २ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिनुभएको थियो । पीडितको चैत २ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रवक्ता एकनारायण कोइरालाले बताउनुभयो ।