INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माथागढी गाउँपालिका–३ कसेनीका २५ वर्षीया रोसन कुमाललाई फागुन २८ गते १५ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले १५ वर्ष कैदसँगै ५० हजार रूपियाँ क्षतिपुर्तिको फैसला सुनाएको अदालतका खरिदार कृष्णमुरारी सिग्देलले बताउनु भयो ।

आरोपितले ०७५ चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थिया । प्रहरीले आरोपितलाई चैत  १३ गते गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण  चैत १३ गते जिल्ला अस्पताल गरिएको थियो  ।

 

अन्य

भिडियो