INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाको कार्यकर्ता गिरफ्तार 

चन्दा आतंक मच्चाउदै आएको आरोपमा प्रहरीले चितवन रत्ननगर–१९ का ४६ वर्षीय गञ्जसिं गुरुङलाई गिरफ्तार गरेको छ । आरोपित प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

आरोपितलाई प्रहरीले रत्ननगर नगरपालिका–१० बाट फागुन २५ गते गिरफ्तार गरेको हो ।  आरोपित प्रतिबन्धित नेकपाको रत्ननगर नगर सचिव रहेको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो ।

 

अन्य

भिडियो