२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–१ का ४९ वर्षीय राजकुमार खिउजुलाई प्रहरीले ०७६ फागुन २१ गते भक्तपुरबाट गिरफ्तार गरेको छ ।
नेपाल प्रहरीबाट दुई महिना अघि स्वैच्छिक अवकास लिएका डिएसपी खिउजुले ०७५ माघ ३० गतेदेखि ०७६ जेठसम्म पटक पटक बलात्कार गरेको आरोपमा उनी विरूद्ध ०७६ माघ २२ गते महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा पीडितले उजुरी दर्ता गर्नु भएको थियो ।
आरोपितले पीडितलाई प्रहरी रिपोर्ट बनाउन सहयोग गर्ने बहानामा कार्यकक्षमै बलात्कार गरेको र त्यसपछि पटक पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ । पूर्व डिएसपी खिउजूमाथि माघ २३ गते ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारीभएपछि खोजी गर्ने क्रममा फागुन २१ गते गिरफ्तार गरिएको महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताउनु भयो ।
आरोपितको स्वास्थ्य परीक्षण फागुन २१ गते र पीडितको स्वास्थ्य परीक्षण माघ २२ गते पाटन अस्पताल ललितपुरमा गरिएको प्रहरीले जनाएको छ ।