तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारकी ३५ वर्षीया प्रमीलादेवी मण्डललाई उनका देवर ३८ वर्षीय रामकुमार मण्डलले फागुन १९ गते फलामको रड र मुड्कीले कुटपिट गरि घाइते बनाएका छन् ।

हावाले उडाएर परालको त्यान्द्रोहरू आरोपितको आँगनमा पुगेको विषयमा विवाद गर्दै आरोपितले कुटपिट गरेको पीडितले बताउनु भयो । पीडितको टाउको, पिठ्यु, खुट्टा लगायतमा चोट लागेको छ ।
पीडितका पति सियाराम मण्डलले उजुरी गर्ने कानूनी प्रक्रियाका बारेमा जानकारी अभावले आरोपितविरुद्ध निवेदन दिन नपाएको बताउनु भयो ।

घाइते प्रमिलादेवीको राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।