महानगरीय प्रहरी परिसर भक्तपुरले प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
प्रहरीले कालीकोटको रुक्सा गाउँपालिका ४ घरभई भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका ५ जुँगार घर भई मध्यपुर थिमि नगरपालिका–२ बस्ने ३७ वर्षीय बुद्धिलाल पुनलाई फागुन १५ गते गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
बोगटी र पुन प्रतिबन्धित नेकपाका भक्तपुर जिल्लाका पूर्व सेक्रेटरी रहेको गिरीले बताउनुभयो । बोगटी यसअघि प्रतिबन्धित नेकपाको भक्तपुर जिल्ला सेक्रेटरी रहेकै बेलामा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठलाई सांघातिक आक्रमण गरेको आरोपमा गिरफ्तार परेका थिए ।
गिरीका अनुसार भक्तपुरको फरक फरक ठाउँमा सरकारबाट प्रतिबन्धित नेकपा कार्यकर्ताहरूले शंकास्पद गतिविधि गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गरी बोगटीलाई मध्यपुरथिमिको निकोसेराबाट र पुनलाई चाँगुनारायण नगरपालिका दुवाकोटबाट गिरफ्तार गरेको हो । गिरफ्तार परेका दुवैलाई मुलुकी फौजदारी अपराध संहिता २०७६ को दफा ११८ बमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको गिरीले बताउनुभयो । उनीहरुको स्वास्थ्य परीक्षण फागनु १५ गते भक्तपुर अस्पतालमा भयो ।