१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित कोहलपुर नपा–१२ निबुवाका ३० वर्षीय भोजबहादुर थापा विरूद्ध पीडित पक्षले फागुन १० गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराएका छन् ।
फागुन १० गते साथीहरूसँग जङ्गलमा बयर खान गएकी बालिकालाई आरोपितले साथीहरूलाई भगाएर बलात्कार गरेको पीडितले बताउनु भयो । बालिका रोएको एक जना स्थानीयले सुनेपछि जङ्गलबाट घर ल्याएको पीडितकी भाउजुले बताउनु भयो ।
आरोपित फरार रहेकोले खाेजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका सई रणधीर जैसीले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण फागुन १० गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।