१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन ७ गते तानसेन नपा–१३ अर्गलीका ३२ वर्षीय मिनबहादुर बुढाथोकीलाई सात महिना नौ दिन कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासले उक्त सजायसँगै ५ हजार रूपियाँ जरिवाना र १० हजार रूपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने आदेश दिएको श्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताउनु भयो ।
पीडितलाई ०७६ असार २४ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै असार २५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले असार २६ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार २५ गते जिल्ला अस्पताल पाल्पामा स्वास्थ्य परीक्षण गरिएको थियो ।