INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका तीन जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले भीमदत्त नगरपालिका– १८ कटानबाट फागुन १ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका भेरी कर्णाली क्षेत्रीय समन्वय समिति संयोजक  भिमदत्त नपा – १८ का २३ वर्षीय वीरेन्द्र लुहार, जिल्ला सदस्य २८ वर्षीय भरत लुहार र २२ वर्षीय अर्जुन लुहार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय,कञ्चनपुरका डिएसपी रवीन्द्र पौडेलले सार्वजनिक शान्ति विरूद्धका क्रियाकलापमा सहभागी भएको भन्ने सुचनाका आधारमा तीनै जनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रखेर अनुसन्धान भइरहको बताउनु भयो ।

 

अन्य

भिडियो